हिमालयन कृषि उद्योग लिमिटेडद्धारा वितरित जैविक मलको सारांश

हिमालयन कृषि उद्योग लिमिटेड उचित बायो-फर्टिलाइजर कम्पनीसँगको विशेष साझेदारीमा आधारित अग्रणी कृषि उद्यम हो। यस साझेदारीमा ४५% हिस्सेदारी राख्दै हिमालयन कृषि उद्योग लिमिटेडले परीक्षण, ढुवानी, मार्केटिंग र ब्रान्डिङको जिम्मेवारी लिएको छ।

पोषक तत्वले भरिपूर्ण उत्पादन

उचित जैविक मल NAARC र NARI द्वारा दुई विभिन्न बालीहरूमा कसिलो परीक्षण गरिएको छ, जसले उत्कृष्ट परिणामहरू प्राप्त गर्दै 'बायो' प्रमाणपत्र प्राप्त गरेको छ। अन्य दुई उत्पादनहरू (सूक्ष्म पोषक तत्व र फिड सप्लिमेन्ट) नेपाल सरकारको प्रयोगशालामा परीक्षण गरी प्रमाणपत्र प्राप्त छन्, यी प्रमाणपत्रले उचित जैविक मलको उच्च गुणस्तरको सुनिश्चितता दिएको छ ।

माटोको सुधार:

उचित मलले ग्राहकहरूको मात्र होइन, सरकार र अन्तरसरकारी संस्थाहरूको पनि विश्वास जितेको छ। यो विश्वासले KOICA-GGGI द्वारा वित्त पोषित जलवायु स्मार्ट कृषि परियोजना सञ्चालनको अनुमति प्राप्त गरेको छ, जसले दिगो खेती अभ्यासप्रति प्रतिबद्धतालाई बलियो बनाउँछ।

अनुकूलित समाधानहरू:

हामी किसानहरूले सामना गर्ने विशिष्ट चुनौतीहरूलाई सम्बोधन गर्न अनुकूलित समाधानहरू प्रदान गर्दछौं, माटो प्रकार, बाली प्रकार, पशु प्रजाति, र क्षेत्रीय अवस्थाहरूको आधारमा।

गुणस्तरीय उत्पादनहरू:

उचित मलले कुनै पनि सम्झौता बिना गुणस्तरमा विश्वास गर्दछ। कम्पनीको स्थापना भएदेखि नै हामीले उच्च गुणस्तर र मापदण्डहरूको उत्पादनलाई निरन्तरता दिँदै आएका छौं। हाम्रा उत्पादनहरू नेपाल सरकारको प्रयोगशालामा र सरकारद्वारा अनुमोदित प्रयोगशालामा परीक्षण गरिएका छन्।

किसान र दिगो विकास प्रति प्रतिबद्धता:

हिमालयन कृषि उद्योग लिमिटेड वातावरणीय स्वास्थ्यलाई जोगाउँदै किसानहरूलाई पोषक तत्वले भरिपूर्ण प्रशस्त उब्जनी गर्न, गराउन समर्पित छ, । हाम्रो जैविक मलले माटोको उर्वरता बढाउन, बिरुवाको वृद्धि प्रवर्द्धन गर्न, र पारिस्थितिकी तंत्रको स्वास्थ्यलाई संरक्षण गर्न प्रकृतिको विविधताको उपयोग गर्दछ। हामी स्थिरता, प्रभावकारिता र किफायतीतामा प्राथमिकता दिन्छौं, किसानहरूलाई स्वस्थ खाना उत्पादन गर्न र लचिलो कृषि प्रणालीहरू निर्माण गर्न आवश्यक उपकरणहरू प्रदान गर्दै।

भविष्यको लागि दृष्टि

हाम्रो दिव्य दृष्टि दिगो भविष्यको बीउ रोप्नु हो।  प्रत्येक नागरिकलाई प्रत्येक गाँसमा स्वस्थ खाना खुवाउनु हो । हिमालयन कृषि उद्योग लिमिटेडले दिगो कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्ने र भविष्यका पुस्ताहरूको लागि स्वस्थ जीवनलाई प्रोत्साहन गर्नेछ, नवप्रवर्तन र सहयोग मार्फत ।

“संगै, दिगो र समृद्ध कृषि भविष्यको खेती गरौं।”